दफा ५६
विद्युतीय एकीकृत नक्सा तयार गर्नु पर्ने
(१) नेपाल सरकारले पानीको स्रोत, परिमाण, गुणस्तर, लाभान्वित क्षेत्र तथा खानेपानी तथा सरसफाइ प्रणालीका सम्पूर्ण अवयवहरु प्रष्ट देखिने गरी तोकिएको समयावधिभित्र विद्युतीय अभिलेख सहितको एकीकृत नक्सा तयार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको विद्युतीय: एकीकृत नक्सामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले सम्पन्न गर्ने आयोजनाहरुको विवरण अद्यावधिक गरेको हुनु पर्नेछ।

(३) एकीकृत विद्युतीय अभिलेख एकीकृत नक्सा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।